Sunday, August 1, 2010

"भुल्न त कतै भुलेनौ"

भुल्नत कतै भुलेनौ संका मलाई साह्रै लाछ !
किन होल मेरो मन कम्जोर त्यसै आँफै भाछ !!

याद जती गरे पनि सपनी मै आउन छाड्यौ
के नै गरे त्यस्तो मैले बुझ्न मलाई गाह्रो भाछ !!

माया तिम्रो साह्रै लाछ कहाँ छौ आज भोली !
कतै मलाई बिर्सियौकी डर मलाई साह्रै लाछ !!

तिमी देखी टाढा बस्दा मनमा अनेक कुरा खेल्छ !
दिन रात तिमीलाई सम्झी फर्की आउ झै भाछ

Sunday, May 16, 2010

"मलाई रहर थिएन"

मलाई रहर थिएन तिम्रो सुन्दरताको बखान गर्न प्रकिर्ति कै उपहार पएकिछौ !
मलाई छैन रहर तिम्रो जीवन मा खेलवाड गर्न सञ्चै नै मोहनि तिमीले लाएकिछौ !!
तिम्रो योवनमा सुबास प्रकिर्ति ले छरेको छ तेम्रो मुस्कानमा उमंगको रस भरेकोछ !
तिम्रो अधर् अनी मिर्ग नयन आँखाहरुले सञ्चै नै मलाई लोभि बनएकोछ !!

Saturday, May 15, 2010

"पर्खि बसे मेरी माया"

पर्खि बसे मेरी माया सयौ जुनि सम्म पनि !
विश्वाशमा नै अडी रहे उ त फर्की आउछ भनी !!
कोशीस मैले कती गरे फर्की तिम्रो सामु आउने !
बिवस्ता ले रोकी दियो तिमी सँग माया लाउने !!
प्रस्थिती ले कसरी तडपाईराछ मलाई !
समय ले नै रोकिदियो आफ्नै दास बनाई !!
अन्योल मा नै बचेँकोछु तिम्रो याद मा तडपिएर पनि !
अन्मोल माया साचेकोछु उपहार तिमीलाई दिन्छु भनी !!
फर्की आउछु तिम्रो लागि सयौ जुनि गय पनि !
तिम्रो माया सची रखे मुठी भरी भय पनि !!

Tuesday, April 27, 2010

"फुल फुल भन्छन यहाँ"

फुल फुल भन्छन यहाँ किन फुलको बणर्न त्यती!
एउटा फुल रोज्दा मैले जिबनमा गरे गल्ती
बासना साह्रै राम्रो थियो सुगन्ध ले लठ पर्‍यो !
मन मसतिस्कलाई चोट दीई जवानी मा घाइते पर्‍यो !!
रंग देख्दा त्यती राम्रो हेर्दा पनि लोभ लाग्दो !
हेरौ झन हेरौ लग्ने मिर्मेरे को उशा जस्तो !!
सधैं सधैं आफ्नो सम्झी मन मन्दिर मा सजाई रखे !
रग कतै फेर्छ भनी देउराली लाई कती भाके !!
सांचै रंग फेरिदियो शिशिरमा सिच्दा पनि !
फक्रिएर हेर्न थाल्यो सेवा गर्ने अर्को माली !!
भुल मैले गरे क्यारे शायद त्यो फुल रोज्दा !
गल्ती मैले गरे क्यारे कोपिल मा मल छर्दा !!
भयो हजुर अब मलाई फुल भन्दा डर लाग्छ !
सपना मा फुल देखे निन्द्रा पनि पर भाक्छ !!

Wednesday, February 24, 2010

"माया को जन्जिर मा बधिए को कैदि हु म"

माया को जंजिर मा बधिए को कैदी हू म, जहाँ सास फेर्ने बाटो पाउन सकिन!
बर्षाद को झरी मा बचेको पंक्षि हुँ म जहाँ सिसिर को वोडार पाउन सकिन !!
हरेक हिंड्ने बाटो मा काठोर पर्खालको प्रतिबिम्ब खडा भयको छ जहाँ मा हिंड्ने गर्थे!!
कस्तो बिडम्बना संघर्स को मैदान भयको छ जहाँ म जवानी मा खेल्ने गर्थे !!
त्यो पल त्यो क्षण अनी त्यो अतित को याद काहली लाग्दो सपना भएछ !
अतित का पृष्‍ठ भुमी खोली हेर्दा साचै नै जिन्दगी एक कठोर् संघर्स रहेछ!!

"बसन्त लाई मुस्कान दिने फुल मन प-यो"

बसन्त लाई मुस्कान दिने फुल मन प-यो !!
मन्द मुस्कान अनी तिम्रो दिल मन प-यो!!
हलुका केस चट्ट मुहार झनै मन प-यो!!
भावना लाई बुझने तिम्रो मन मनप-यो !!
सान्चै मलाई तिम्रो चुल्बुल अनी बुलबुल मन प-यो

तिमी मुस्काउ सधैं म कामना गर्दछु"

तिमी मुस्काउ सधैं म कामना गर्दछु सायद् कसैलाई उन्मात लाग्छ होला!
तिम्रो हरेक खुशी मा समेल हुनेछु सायद् कसै लाई धिक्कार लाग्छ होला!!
म बुझ्छु तेम्रो मन मस्तिस्क् लाई कती तिमी भावना मा डुब्छौ भनी!
अटुत छन ती तिम्रा कामनाहरु प्रगाड छन ती प्रथाना हरु पनि!!
भावना बिहिन छ दुनियाँ कसै को मर्म लाई हासो मा उड़ाईदिन्छ!
अर्थ बिहिन छ संसार ढुखि र आशय लाई नै सजय दिन्छ!!
कस्तो अनौठो छ यहाँ कसैको प्रगतीपथ को प्रन्सन्सा को साटो घिर्णा हुन्छ!
लाचरी छ दुनियाँ हरेक मोड् मा अन्मोल मायाको सधैं तिरिस्कार हुन्छ !!