Tuesday, April 27, 2010

"फुल फुल भन्छन यहाँ"

फुल फुल भन्छन यहाँ किन फुलको बणर्न त्यती!
एउटा फुल रोज्दा मैले जिबनमा गरे गल्ती
बासना साह्रै राम्रो थियो सुगन्ध ले लठ पर्‍यो !
मन मसतिस्कलाई चोट दीई जवानी मा घाइते पर्‍यो !!
रंग देख्दा त्यती राम्रो हेर्दा पनि लोभ लाग्दो !
हेरौ झन हेरौ लग्ने मिर्मेरे को उशा जस्तो !!
सधैं सधैं आफ्नो सम्झी मन मन्दिर मा सजाई रखे !
रग कतै फेर्छ भनी देउराली लाई कती भाके !!
सांचै रंग फेरिदियो शिशिरमा सिच्दा पनि !
फक्रिएर हेर्न थाल्यो सेवा गर्ने अर्को माली !!
भुल मैले गरे क्यारे शायद त्यो फुल रोज्दा !
गल्ती मैले गरे क्यारे कोपिल मा मल छर्दा !!
भयो हजुर अब मलाई फुल भन्दा डर लाग्छ !
सपना मा फुल देखे निन्द्रा पनि पर भाक्छ !!