Saturday, May 15, 2010

"पर्खि बसे मेरी माया"

पर्खि बसे मेरी माया सयौ जुनि सम्म पनि !
विश्वाशमा नै अडी रहे उ त फर्की आउछ भनी !!
कोशीस मैले कती गरे फर्की तिम्रो सामु आउने !
बिवस्ता ले रोकी दियो तिमी सँग माया लाउने !!
प्रस्थिती ले कसरी तडपाईराछ मलाई !
समय ले नै रोकिदियो आफ्नै दास बनाई !!
अन्योल मा नै बचेँकोछु तिम्रो याद मा तडपिएर पनि !
अन्मोल माया साचेकोछु उपहार तिमीलाई दिन्छु भनी !!
फर्की आउछु तिम्रो लागि सयौ जुनि गय पनि !
तिम्रो माया सची रखे मुठी भरी भय पनि !!